×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख १२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुका साथै हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ भने अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज चिताएको कामले तीव्रता लिने यो रहेको छ भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनुका साथै सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मनमा दोधारको अवस्था सिर्जना हुनुका साथै दाम्पत्य जीवनमा एक किसिमको निरासता आउने तथा विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रोकिएका कमहरूले चिन्ता बढाउने योग रहेको छ भने पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुने तथा न्यायिक कार्य पनि कमजोर नै रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि बढ्ने तथा सामाजिक पदप्रतिष्ठा प्राप्त हुनुका साथै परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने लाभदायक भेटघाटलाई नकार्न सकिदैन र नोकरी गर्नेले मानसम्मान पनि पाउनेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउने तथा बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्ने योग रहेको छ भने रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने योग रहेको छ भने बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धर्मकर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइनुका साथै मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सामान हराउन सक्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति हुने तथा आफन्त सँग मनमुटाव बढ्नुका साथै खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने तथा सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ भने जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला