काठमाडौं । बैशाख १२ गते
आज नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)मा दुईवटा खेल हुँदैछ । धनगढी र विराटनगर पहिलो खेलमा तथा मा पोखरा र बुटवल दोस्रो खेलमा भिड्दै छन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।विराटनगर रञ्जित धिमालको कप्तानीमा मैदान उत्रनेछ भने किरण चेम्जोङको कप्तानीमा धनगढी मैदानमा हुनेछ ।

दुवै टोली सुखद सुरुवातको लक्ष्यमा हुनेछन् ।यस्तै, आजै हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । अनिल गुरुङको कप्तानीमा मैदान उत्रने पोखरा र विशाल श्रेष्ठको कप्तानी रहेको लुम्बिनीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ । हिजो भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १(० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।