काठमाडौं । बैशाख १२ गते
शनिवार साँझ इराकको बागदादस्थित एक कोभिड–१९ अस्पतालमा आगो लाग्दा २३ जना बिरामीको मृत्यु भएको छ। कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी दर्जनौ बिरामीहरु घाइते भएको बताइएको छ।अक्सिजन सिलिन्डर सही तरिकाले स्टोर नगरेका कारण पड्केको र उक्त घटना भएको बताइएको छ। इब्न अल खतिब अस्पतलामा भएको उक्त घटनापछि बिरामी र बिरामीका आफन्तहरुको भागभाग चलेको थियो।इराकी प्रधानमन्त्री मुस्ताफँ अल कधिमीले घटनामा परी मृत्यु भएकालाई श्रद्धाञ्जली दिँदी घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।त्यहाँको सुरक्षा निकायका अनुसार घटनास्थलबाट ९० जनालाई उद्धार गरिएको छ। अस्पतालमा १२० जना बिरामी रहेको उल्लेख गरिएको छ। यद्यपि घटनमा कति घाइते भए र कतिको ज्यान गयो अझै एकिन विवरण आएको छैन।

सिएनएनले उक्त घटनामा परी १९ जनाको ज्यान गएको जनाएको छ।त्यस्तै भारतमा अक्सिजनको अभावमा कोरोना भाइरसका बिरामीको धमाधम ज्यान जान थालेपछि अदालत खरो भएर उत्रिएको छ । अदालतले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई फाँसी दिन आदेश दिएको छ ।दिल्ली उच्च अदालतले शनिबार यदि कोही केन्द्र सरकार, राज्य सरकार वा फेरि स्थानीय प्रशासनका कुनै अधिकारीले अक्सिजन आपूर्तिमा अवरोध गरे उसलाई फाँसी दिने बताएको छ । न्यायाधीश विपिन सांघी र रेखा पल्लीको बेञ्चले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई कुनै माफी दिन नसकिने जनाउँदै यस्तो आदेश दिएको हो ।दिल्लीको एक अस्पतालले अदालतमा उजुरी गरेपछि अदालतको उक्त कडा आदेश आएको हो । उच्च अदालतले दिल्लीलाई पूरै अक्सिजन कहिलेसम्म प्राप्त हुन्छ भनी सोधेको छ । त्यस्तै अदालतले कोरोना उच्च बिन्दूमा पुग्दा त्यसको व्यवस्थापन कसरी हुन्छ भनीसमेत सोधेको छ ।