काठमाडौं । बैशाख १२ गते
आज बिहान १० बजे प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाउनु भएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनु भएको छ । ‘बैठकको एजेण्डाका विषयमा जानकारी नभएको उहाँको भनाई छ । एमाले महाधिवशेन आयोजक कमिटीको बैठक केही दिन अगाडि नै सकिएको थियो। ओलीले आकस्मिक रुपमा फेरि बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

एमालेले बैशाख ७ गते माधव नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको थियो। सोही विषयमा छलफल गर्न ओलीले आकस्मिक महाधिवशेनको आयोजक कमिटीको बैठक बोलाउनु भएको हो । एमालेले पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत २७ जनालाइ स्पष्टिकरणा सोधको थियो। यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।