काठमाडौं । बैशाख १२ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।यता, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।