काठमाडौं । बैशाख १३ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज प्रेम जीवन सुखद् रहने योग रहेको छ भने एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग मिल्ने तथा जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मन प्रसन्न रहने र मनमा शान्ति मिल्नुका साथै गरेका कामबाट राम्रै लाभ हुने तथा धर्मकर्ममा मन लाग्ने र दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने व्यवसायमा सफलता पाइनेछ र आफन्तसँग रमाइलो भेटघाट हुने तथा धार्मिक यात्राको योग रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने योग रहेको छ भने सामाजिक कार्यमा सफलता हात लाग्नुका साथै धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज लाभ,हानी, आय,व्यय, सुख,दुख बराबरी खालको योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने योग रहेको छ बिनाप्रतिस्पर्धा फाइदा हुने तथा जोश जाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मन भावुक र उत्ताउलो बन्ने योग रहेको छ भने नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्नुका साथै अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सजिलै अरूको मन जित्न सकिने योग रहेको छ भने आफन्तको प्रगतिमा मन रमाउने तथा नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने मिष्ठान्न भोजनको अवसर मिल्ने तथा (पहेंलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका कामहरू पुनः सुरु हुने योग रहेको छ भने कृषि कार्य अघि बढ्ने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ र जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ भने महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै सौन्दर्यतामा धन खर्च हुने तथा सरकारी निकायको भय रहला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा होला र शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।