काठमाडौं । बैशाख १३ गते
कोभिड–१९ सँग लड्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको अर्थमन्त्री बिष्णु पौडेलले बताउनु भएको छ । आज उहाँले दोश्रो चरणको कोभिड चूनौतिलाई सामना गर्दै जनताको जीवन र जीविकालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ ।

उहाँले विश्वव्यापी रूपमा देखिएको कोरोना संक्रमणको दोश्रो महामारीलाई पराजित गर्दै मुलुकको अर्थतन्त्र र नागरिकको जीवन पुरानै अवस्थामा फर्काउनुपर्ने चूनौति आएको उल्लेख गर्नु भएको छ । अर्थमन्त्री पौडेलले सरकारको सही नीतिका कारण नै पहिलो चरणको कोरोना महामारीलाई नियन्त्रण गर्न सरकार सफल भएको दाबी गर्दै दोश्रो चरणको महामारीसँग जुध्न सरकारले हरसम्भव प्रयास गरेको धारणा राख्नु भउको छ । त्यस्तै उहाँले सरकार बजेटको तयारीमा जुटेको भन्दै बजेट निर्माण गर्दा आवश्यक जायज र सम्भव सुझावलाई ग्रहण गरिने बताउनु भएको छ । ।