काठमाडौं । बैशाख १४ गते
गएराति पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं २ मानीपुरमा आगालगाी हुदाँ ८ वटा घर जलेर नष्ट भएका छन् ।

उक्त आगलागीबाट प्रभु राउत कम्कर, महिन्द्र राउत कम्कर, हरिन्द्र राउत कम्कर, राजदेव राउत कम्कर, लखिचन राउत कम्कर, जगरनाथ राउत कम्कर र वीरेन्द्र यादव गरी ८ जनाको घर र गोठ जलेर नष्ट भएको र पोखरीया नगरपालिकाबाट गएको बारुण यन्त्र९पानी दमकल पुग्दा सबै घर जलेर नष्ट भइसकेका थिए। आगलागीबाट करिब १० लाख मूल्य बराबरको घर, लत्ताकपडा, खद्यान्नलगायत क्षति भएको गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियाले बताएका छन्। आगलागीमा कुनै मानवीय र पशु चौपायाको क्षति नभएको बताइएको छ।