काठमाडौं । बैशाख १४ गते
भारतमा फैलिएको कोरोना महामारीको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले चिन्ता व्यक्त गर्नुभएको छ ।विश्वका थुप्रै राष्ट्रहरुमा एकैसाथ फैलिएको कोरोनाको फरक फरक चरणकाबीच भारतमा कोरोना महामारीले विकराल रुप लिएको भन्दै भारतका लागि डब्ल्युएचओले अक्सिजन र मोबाइल फिल्ड अस्पतालहरु आपूर्ति गर्ने जनाउनुभयो ।गिब्रिएसुसले भारतका जनताले अक्सिजन अभावका कारण धमाधम ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै डब्ल्युएचओले भारतका लागि स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भारतमा पछिल्लो ६ साता कोरोना महामारी बढ्दै जाँदा संक्रमण र मृत्यु दर ह्वातै बढेपछि डब्ल्युएचओले चासो व्यक्त गरेको हो ।यसैबीच फेसबुकका संस्थापक मार्क जुकरबर्गले कोरोना महामारी फैलिएका राष्ट्रहरुका लागि १ करोड डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।