×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख १५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज पारिवारिक भेटघाटमा रमाउने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै गृह कार्यमा मन पनि जानेछ ।

मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा
आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउनुका साथै स्वास्थ्य प्रति सचेत रहनुपर्ने तथा साँझमा पैसा खर्च हुने योग पनि छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नुका साथै पेसा र व्यवसायबाट लाभ हुने र धन प्राप्त हुने तथा कसैकसैका लागि सन्तान सुखको योग छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुने योग रहेको छ भने परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनुका साथै खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने बन्धुबान्धवबाट सहयोग मिल्ने तथा स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सन्तान तथा परिवारमा मेलमिलाप हुने योग रहेको छ भने मनमा सहयोग भाव आउनुका साथै कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नुका साथै माया प्रेममा एकोहोरो माया प्रेमले सताउने तथा आर्थिक कारोबारमा बिवाद पनि आउला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज घर परिवारका सदस्यहरूबाट सहयोग पाइने तथा दैनिक कार्यमा प्रगति हुने र कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला