काठमाडौं । बैशाख १५ गते
भारतमा एकै दिन थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।दिन प्रतिदिन कोरोना संक्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या हालसम्मकै उच्च हो । पछिल्ला दिनहरुमा भारतमा ३ लाख बढी मानिसहरु संक्रमित भइरहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन हजार २८६ जनाको ज्यान गएको छ ।भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ । हालसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकोको छ भने हालसम्म संक्रमणबाट २ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।