काठमाडौ । बैशाख १५ गते
अमेरिकाबाट कोरोनाविरुद्धको खोप ल्याउन सरकारले कूटनीतिक कौशल र उर्जा प्रयोग गर्नुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले अमेरिकाले कोरोनाविरुद्धको खोप विश्वका विभिन्न देशलाई सहयोग गर्न लागेको भन्दै त्यसलाई ल्याउन नेपालले कूटनीतिक प्रयास गर्नुपर्ने बताउनु भएको हो । पूर्व स्वास्थ्यमन्त्रीसमेत थापाले सरकारले केही समय अघि खोपका लागि अमेरिकी सरकारसँग सहयोग अनुरोध गरिसेको सन्दर्भमा अहिले खोपको उपलव्धता भएकोले सहयोग भित्र्याउन पहल सुरु गर्न आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।