काठमाडौ । बैशाख १५ गते
आज भारतको मुम्बइस्थित एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।पछिल्ला केही दिनको अन्तरमा महाराष्ट्रका अस्पतालमा भएको यो तेस्रो आगलागीको घटना हो । गत साता नशिक अस्पतालमा पनि आगलागीबाट २४ जना बिरामीको मृत्यु भएको थियो ।

त्यसको केही दिनपछि मुम्बइ नजिकै अर्को कोभिड अस्पतालमा आगलागीबाट तीनजना कोरोना संक्रमितको मृत्यु भयो ।बुधबार पनि प्राइम क्रिटिकेयर हस्पिटलमा त्यस्तै प्रकृतिको आगलागी भएको हो । जहाँ तीन जना बिरामीको मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिने महाराष्ट्र सरकारले जनाएको छ । आगलागीले गर्दा अस्पतालको भवनको पहिलो तलामा ठूलो क्षति पुर्‍याएको छ ।