काठमाडौं । बैशाख १६ गते
आज देखि काठमाडौं उपत्यकालगायत देशका केही प्रमुख शहरमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।निषेधाज्ञा हाललाई बैशाखभर लागू हुनेछ ।काठमाण्डौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा एक हप्ताको लागि जारी गरे पनि सरकारले अर्को एक हप्ता थपेर १५ दिन लम्ब्याएको हो ।निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएको छ । एम्बुलेन्स,शव वाहन,प्रेसको गाडी लगायतका अत्यावश्यक सवारी साधनहरू गुड्न पाए पनि सार्वजनिक तथा निजी यातायात भने ग्यारेजमा थन्किने छन् ।

कोरोना महामारीको दोस्रो लहरबाट बच्न गरिएको निषेधाज्ञामा यसअघिका अत्यावश्यक बाहेकका दैनिकीमा सहभागी नहुन सरकारले आग्रह गरेको छ ।अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन,बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पनि निर्वाध चल्ने छन् ।काठमाडौंलगायत चितवन, कास्की, बुटवल, पर्सा, बाँकेलगायतका शहरमा निशेषाज्ञा लागू भएको छ । अन्य जिल्ला तथा शहरमा समेत स्थानीय प्रशासनले संक्रमण रोकथामको निम्ति विभिन्न खालका बन्देजको घोषणा गरेको छ । त्यस्तै – काठमाडौं उपत्यकामा आज बिहानदेखि निषेधाज्ञा लागु भएको छ। निषेधाज्ञाबीच सवारीसाधन चलाउनेलाई बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिन थालेको छ।ट्राफिक प्रहरीले उपत्याकाका विभिन्न ४० स्थानमा चेक प्वाइन्ट बनाई सवारी जाँच गरिरहेको छ ।