×

TUNGOON

भारतमा एकैदिन चार लाख भन्दा बढी कोरोना संक्रमित थपिए


काठमाडौं । बेशाख १६ गते
हाल कोरोना कहरले सबैभन्दा बढी प्रभावित भारतमाआज एकैदिन चार लाख भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा तीन लानख ७९ हजार १६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यस्तै सोही अवधिमा तीन हजार ६ सय ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो हालसम्मकै उच्च तथ्यांक हो ।

कोरोना भ्याक्सिन अभियान चलिरहेकै बेला पनि यति धेरैमा संक्रमण हुनुले भारतमा भयावह स्थिति अझै केही समय रहने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।साथै कोरोना संक्रमित निको हुने दर पनि बृद्धि भएको छ । भ्याक्सिनेशनका कारण पछिल्लो केही दिनयता संक्रमितको निको हुने दर पनि बढेको हो । अहिलेसम्म संक्रमण निको हुने दर पनि बिहीबारको उच्च रहेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट दुई लाख ७० हजार जना निको भएका छन् । योसँगै हालसम्म भारतमा कोरोनाबाट रिकभर हुनेको संख्या एक करोड ५० लाख ७८ हजार पुगेको छ ।यसअघि मंगलबार दुई लाख ६२ हजारले कोरोना जितेका थिए । समग्रमा कोरोनापछि रिकभर हुने दरमा १।८ प्रतिशतले बृद्धि भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला