काठमाडौं । बेशाख १६ गते
निषेधाज्ञाको समयमा देशभरका पेट्रोलपम्प खुला रहेको र सहज रुपमा इन्धन बिक्री–वितरण भइरहेको नेपाल आयल निगमले जनाएको छ । देशैभर इन्धन सहज रुपमा बिक्री–वितरण भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनु भएको छ ।

उहाँले निषेधाज्ञाको अवधिमा पनि सबै पेट्रोलपम्प खुला हुने बताउँनु भएको छ । काठमाडौं उपत्यकाका कतिपय पम्पमा इन्धन नपाएको गुनासो आएको सन्दर्भमा हिजो राति अबेरसम्म बिक्री–वितरण भएको र ती पम्पका लागि थानकोट डिपोबाट ट्यांकर हिँडिसकेको उपाध्यायले जानकारी दिनु भएको छ ।