काठमाडौं । बैशाख १६ गते
गण्डकी प्रदेशमा ठूलो चलखेल भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गर्नु भएको छ ।

कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उहाँले यसबारे छानविन गर्न माग गर्नु भएको हो । उहाँले स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरेर कीर्ते गरिएको भन्दै ‘सांसद ठूलो चलखेलमा परेको र उनी एक मिनेट पनि सांसद रहनु नहुँने उल्लेद गदै राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्ने बताउनु भएको छ ।