काठमाडौं । बैशाख १६ गते
आज देशभर थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। र पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा ११२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन्।देशभर सक्रिय संक्रमित संख्या ३४ हजार १ सय १७ रहेको छ। नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ।गत २४ घण्टामा ८८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर ५९ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ।