काठमाडौं बैशाख १७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शैक्षिक क्षेत्र कमजोर रहनुका साथै अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने तथा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनोरञ्जन पूर्ण दिन रहने योग रहेको छ भने रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने तथा आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आँटेको र ताकेको कार्य अघि बढ्ने योग रहेको छ भने पारिवारिक सहयोग र सद्भाव बढ्नुका साथै एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्थान परिवर्तनका विशेष योग रहेको छ भने अरुको मन जित्न सकिनुका साथै शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा जोश जाँगर र हिम्मत बढ्ला र बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनुका साथै आम्दानी बढाउने योजना गर्न सकिने तथा राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभ समाचार सुन्न पाइने योग रहेको छ भने मित्रबाट विशेष सहयोग मिल्नुका साथै अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्ने योग रहेको छ भने आफन्तको सफलता र प्रगतिमा मन रमाउने तथा पुनर्मिलनको योग पनि रहेको छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने स्वास्थ्यमा धन खर्च हुने तथा शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धर्म कर्म र सामाजिक कार्यमा मन जाने योग रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नुका साथै लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ, तर साँझमा धन खर्च भने रहला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनुका साथै धार्मिक कार्यमा मन जाने तथा नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।