काठमाडौं बैशाख १७ गते
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका केहि स्थानहरूमा मेघगर्जनर,ट्याङ्ग,हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू(भागका केही स्थानमा र तराईका एक(दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ । आज राति देशका तराईका भू(भागमा आंशिक बदली र पहाडी भू(भागमा सामान्य बदली रहनेछ।देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।