काठमाडौं बैशाख १७ गते
हाल बिश्वभर कोारोना संक्रमण्मको दोसा्रे लहर तिव्र स्पमा फैलिरहेको छ । जसको असर अहिले सबै भन्दा बढी हाम्रो छिमेकी मुलुक भारतमा परेको छ । भारतमा एकैदिन ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ भने ३ लाख ७९ हजार २५७ जना कोरोना संक्रमित थपिएका छन् ।दोस्रो लहर सुरु भएसँगैं यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिला पटक हो ।

भारतमा कोरोनाका कारण दैनिक तीन लाख बढी संक्रमित हुँदै आएका छन् ।भारतमा हालसम्म एक करोड ८३ लाख ७६ हजार ५२४ जनामा कोरोना संक्रमण भइसकेको छ ।हालसम्म २ लाख ४ हजार ८३२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।दैनिक मृत्युदर बढ्दा शव जलाउनसमेत लाइन बस्नु परेका तस्वीर तथा भिडियोहरु समाचार र सामाजिक सञ्जालमा भाइरल भएक छन् । अक्सिजन, आइसीयु, भेन्टिलेटरको पर्याप्तता नहुँदा भारतमा मर्नेको संख्या दिनहुँ बढिरहेको छ ।