×

TUNGOON

संक्रमित पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु, आज पर्सामा ३,बाँकेमा ३ र वीरगञ्जमा ३ जना नयाँ कोरोना संक्रमितको मृत्यु


काठमाडौं । बैशाख १७ गते
कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा उपचाररत पूर्व रानी कोमलको बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ।

आज वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको छ।दुई महिला र एक पुरुष गरि थप ३ संक्रमितको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताले जनाएको छ । त्यसैगरी भेरी अस्पताल, नेपालगञ्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले बिहान सवा ७ बजे दिएको जानकारी अनुसार, बाँके, बर्दिया र कैलालीका एकरएक जना विरामीको मृत्यु भएको छ। त्यस्तै पर्साको वीरगञ्जमा थप ३ जना संक्रमितको मृत्यु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला