काठमाडौं । बैशाख १७ गते
केन्द्रको प्रतिगमनलाई काँध थाप्नेले आफ्नो पार्टीको साथ नपाउने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट पार्नु भएको छ । गण्डकी प्रदेशमा गत बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने समयको प्रतिक्षा हुँदै गर्दा आफ्ना सांसद बेपत्ता भएको घटनाबारे स्पष्ट पार्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई साथ दिने मुख्यमन्त्रीलाई जनमोर्चाले साथ नदिने स्पष्ट पार्नु भएको हो ।

उहाँले आफ्ना सांसदले बेपत्ता भएको बारेमा जानकारी दिने र त्यसबारेमा छानबिन गरिने बताउँदै यसको छानबिन हुने तर प्रतिगमनलाई काँध थाप्नेले आफ्नो साथ नपाउँने बताउनु भएको छ । अध्यक्ष केसीले मुख्यमन्त्री गुरुङ कुनै पनि हालतमा मुख्यमन्त्रीमा रहिरहनु नहुने पनि स्प्ष्ट पार्नु भएको छ ।