×

TUNGOON

रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं । बैशाख १७ गते
रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नु भएको छ । रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक(भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न आग्रह गर्नु भएको हो ।

जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको थियो ।दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला