काठमाडौं । बैशाख १७ गते
आज बिहानदेखी काठमाडौंमा निषेधाज्ञा उल्ङ्घन गरेको आरोपमा १५ सय जनालाई प्रहरीले होल्ड गरेको छ भने् विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा उनीहरुलाई होल्ड गरिएको हो । आजमात्रै सानाठूला ९१९ सवारी साधनसमेत होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिनु भएको छ ।

प्रहरीले होल्ड गरिएका सवारी साँझमात्रै प्रहरीले छाड्दै आएको छ ।निषेधाज्ञाको पालना गराउन काठमाडौंमा मात्रै ४४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एक ‘सिफ्ट’मा एक हजार ४६० प्रहरी परिचालन गरिन्छ र तीन ‘सिफ्ट’मा गरेर ४४ सय प्रहरी फिल्डमा खटिने गरेको प्रहरीले निषेधाज्ञामा पास नभएकाहरुलाई समेत कामको प्रकृती हेरेर सहजीकरण गरिरहेको एसएसपी सिंहको भनाइ छ ।