×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । बैशाख १८ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने व्यापार, व्यवसायबाट फाइदा लिन सकिनुका साथै महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुने योग रहेको छ भने शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ र मनमा चञ्चलता बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नुका साथै अरुको मन जित्न सकिने तथा शुभकार्यको योजना हुनुका साथै साँझमा पैसा खर्च बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुने योग रहेको छ भने रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मङ्गल कार्यको योजना बन्नुका साथै कृषि कार्यमा सहभागी भइने नयाँ रोजगारको अवसरले पछ्याउने र स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुने तथा अरुलाई प्रभावित पारेर काम बन्नुका साथ्रै कला र गलाको प्रभाव बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउने योग रहेको छ भने बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने नयाँ कामको योजना बन्ने तथा राजनैतिक कार्यमा सफलता मिल्ला र शुभकार्यको चर्चा चल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुने योग रहेको छ भने आफन्तसँग भेटघाट हुने तथा उपहार पाइने सम्भावना पनि छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कार्यमा सम्पादनमा समस्या आउने योग रहेको छ भने सरकारी निकायको भय पनि रहनेछ, तर नयाँ कार्य र शुभकार्यको चर्चा चल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला