काठमाडौं । बैशाख १८ गते
कोरोना महामारी भयावह बन्दै जाँदा सरकार एक्लैले यसको सामना गर्न नसक्ने कांग्रेस नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै थापाले स्वास्थ्य मन्त्रालयले हामी सक्दैनौं भनेर हात उठाए पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नुलाई आपत्तिजनक रहेको बताउनु भएको छ । नेता गगन थापाले कोरोना महामारीमा सरकारले हात उठाउन नहुने बताउनु भएको छ ।

उहाँले अझै पनि सरकारको प्राथमिकतामा कोरोना संक्रमण नियन्त्रण नपरेको आरोप लगाउनु भएको छ । उहाँल्े प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्नु आपत्तिजनक रहेको बताउदै कठिन छ तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ भएको उल्लेख गर्नु भएको छ । ‘उहाँले कोरोना संक्रमणको जुन भयावह अवस्थामा छ ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न नसक्ने भएकाले सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ ।