काठमाडौं । बैशाख २० गते
कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि नेपालमा आन्तरिक उडान बन्द गरिएको छ।तीव्ररुपमा संक्रमण फैलिएपछि यसको चेनलाई रोक्न हवाई उडान बन्द गर्ने निर्णय गरिएको स्पष्ट पारिएको छ ।

यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ।सरकारले आन्तरिक र केही राष्ट्रमा अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार रातिदेखि आन्तरिक र वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनु भएको छ । आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने मन्त्री गुरुङको भनाई छ ।