काठमाडौं । बैशाख २० गते
निजी मेडिकल कलेज र अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले सुझाव दिनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता थापाले निजी अस्पतालसँग सम्झौता गर्न ढिलाइ गर्न नहुने बताउनु भएको छ ।

उहाँले ‘कोरोनाको तीव्र संक्रमणसँगै बिरामीले अस्पतालमा सामान्य शय्या समेत पाउन मुस्किल भइसकेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै निजी मेडिकल कलेज र निजी अस्पतालसँग सम्झौता गरी यी अस्पताललाई कम्तीमा ३ देखि ६ महिना डेडिकेटेड कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न विलम्ब नगर्न आग्रह गर्नु भएको छ ।