काठमाडौं । बैशाख २० गते
हाल कोारोना संक्रमणको दोस्रो लहर बिश्वभर तिव्र रुपमा फैलिरहेको छ । अहिले त्यसको प्रभाव हाम्रो छिमेकी मुलक भारमा सबै भन्दा बढी पर्न गएको छ । जहाँ सडक भरी एम्बुलेन्सको साईरन मात्र बजेका छन भने हस्पिटलको बाहिर मानिसहरुको रुवाबासी चलिरहेको छ हस्पिटलबाट सेतो पलास्टिकमा लपेटेका लासहरु बाहिर निकाली रहेको अवस्था छ। शमशान घाटहरुमा अन्तिम सस्कार गर्ने ठाउँ छैन जताततै धुवाँ मात्र उडेको छ कसैले कसैलाई सहयोग गरेका छैनन । मानबता सबै हराएको जस्तो छ यस्तो छ भारतको अबस्था। भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या २ लाख हाराहारीमा पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ। लगातार कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएकाले अक्सिजनले नै बचाउने सकिने कोरोना संक्रमितहरुले पनि ज्यान गुमाइरहेको समाचारहरुमा जनाइएको छ। सबैभन्दा धेरै अक्सिजनको अभाव भएको दिल्लीमा हिजो दिनभरमा ४ सयभन्दा बढी संक्रमितको ज्यान गएको छ।