काठमाडौं । बैशाख २० गते
सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको पहुँचमा ल्याउन थप खोप ल्याउने पहल जारी रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनु भएको छ । उहाँले जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट खोप ल्याई नागरिकहरूलाई लगाइएको भन्दै उनले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको बताउनु भएको छ ।

अर्थमन्त्री पौडेलले जनताको जीवनरक्षा यतिवेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रहसमेत गर्नु भएको छ । उहाँले कोभिड–१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै उनले आ–आफ्ना ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको हो ।