काठमाडौं । बैशाख २० गते
वंगलादेशको मध्यभागमा रहेको शिवचार नजिक पद्मा नदीमा दुईवटा डुंगा एक आपसमा ठोक्किदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

तीसजना यात्रु बोकेको डुंगा बालुवा बोकेको डुंगासँग जुधेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका अन्य मानिसहरू बेपत्ता रहेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।