काठमाडौं । बैशाख २० गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ४ सयले बृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।