काठमाडौं । बैशाख २० गते
विश्व प्रेस स्वतन्त्रताका अवसर पारेर सञ्चारकर्मीहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटर मार्फत एक सन्देश लेख्दै राष्ट्रपति भण्डारीले राज्यको चौथो अंग पत्रकारिता जगत व्यवसायिक आचारसंहिताको पालन गर्दै मर्यादित बनाउनु पर्ने उल्लेख गर्नु भएको छ । उहाँले तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताको सेवामा समिर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने उल्लेख गर्नु भएको छ ।राष्ट्रपति भण्डारी राज्यको चौथो अङ्ग – पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्‍वसनीय सूचना सम्प्रेषण मार्फत देश र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृहसँग आग्रह गर्नुभएको छ । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संचारग्राममा आयोजित कार्यक्रम पछि अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका कारण पत्रकारहरु पीडित हुने अवस्था रहेको भन्दै पत्रकारहरुलाई स्वास्थ्य सर्तकताका साथ काम गर्ने वातावरण बनाउन सञ्चारगृह हरुलाई आग्रह गर्नुभएको हो ।