काठमाडौं । बैशाख २० गते
आजको बसेको बैठकले तथ्यांक परिषद्को राष्ट्रिय जनगणना, २०७८ का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं परिषद्का संयोजक पुष्पराज कँडेलले परिस्थिति सामान्य भएपछि मात्र सुपरिवेक्षक, गणक लगायतका तालिम कार्यक्रम सुचारु गरी जनगणना कार्यक्रम अघि बढाउनेगरी अहिलेलाई कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताउनु भयो । विभागको पूर्व निर्धारित समयतालिका अनुसार जेठ २५ देखि गणकहहरू खटाएर राष्ट्रिय जनगणना गर्न लागिएको थियो । अहिले सुपरिवेक्षक र गणकहरूको तालिममा समेत समस्या भएको साथै घरपरिवारमा गएर तथ्यांक संकलन गर्ने वातावरण नरहेको भन्दै यसलाई स्थगित गर्नुपरेको उहाँनको भनाइ छ ।