काठमाडौं । बैशाख २१ गते
वैशाख १६ गते बिशिबार देखि जारी भएको निषेधाज्ञा भोली (बुधबार) सकिने भएतापनि उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक साता लम्बिने संकेत देखिएको छ ।
काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप हुने भएको छ । वैशाख १६ मा जारी भएको निषेधाज्ञा भोली सकिने भएतापनि जारी लाई एक साता लम्ब्याइने भएको हो ।थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउनु भएको छ । कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएको पराजुली बताउनु भयो ।

यता अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।