काठमाडौं । बैशाख २१ गते
ै बैशाख २२ गते कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लयाइएको निषेधाज्ञाको अन्तिम दिन हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आज हुने भनिएको उपत्यकाका सीडीओबीचको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिनु भएको छ । यस्तै, कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ । जिल्ला प्रशासन काय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइनेछ ।


निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ ।यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।