काठमाडौं । बैशाख २१ गते
गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञालाई बैशाख २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ ।

आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए ।खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ ।अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।यसअघि साँझ पनि खोल्न दिइएको थियो ।