काठमाडौं । बैशाख २१ गते
आज बैतडीको पंञ्चेश्वर गाउँपालिका–६ गणमेश्वरस्थित सडकमा से १ ज १८३ नम्बरको जिप सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा पंञ्चेश्वर गाउँपालिका–६ रोडिदेवल बस्ने ५० वर्षीय जित सिंह भण्डारी, ३० वर्षीय डम्मर सिंह भण्डारी, २७ वर्षीय हिक्मत सिंह भण्डारी, ४० वर्षीय दिपक सिंह भण्डारी र दशरथचन्द नगरपालिका–४ बस्ने जिप चालक ४५ वर्षीय तेज बहादुर बोहरा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ ।