काठमाडौं । बैशाख २१ गते
आज देशभर थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो ।

योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ १६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ। जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा छन् भने ४ हजार २ सय ७८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।