काठमाडौं ।बैशाख २२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सेवा गर्ने अवसर जुट्न सक्ने योग रहेको छ भने करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै धन हात पार्न पनि सक्छ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्ने योग रहेको छ भने विपरीत बर्गप्रति आकर्षण बढ्ने तथा रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ भने परिवारमा रमाइलो वातावरण छाउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइने योग रहेको छ भने सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्ने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज घर परिवारप्रति जिम्मेवारी बढ्ने योग रहेको छ भने परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ र कृषि कार्यमा सफलता हात लाग्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुने योग रहेको छ भने । रोकिएका काम पुनः सुरु हुने तथा सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्ने योग रहेको छ भने व्यवसायिक क्षेत्रबाट लाभ हुने तथा परोपकारजन्य कार्यमा लगाव पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुने तथा गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा हर्ष र प्रसन्नताका हुनुका साथै परोपकारका क्षेत्रमा लगानीको योग रहेको छ भने आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज काम बिगार्न चाहनेहरू अगाडि बढ्नुका साथै स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुने योग रहेको छ भने । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।