काठमाडौं ।बैशाख २२ गते
कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिन थालेपछि गृह मन्त्रालयले ७७ जिल्लामध्ये हाल ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ। मन्त्रालयले मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ।

तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ। गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र ९सीसीएमसी० को निर्णय नै हो। हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।