काठमाडौं ।बैशाख २२ गते
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा सामान्य बदली रहेको छ। अहिले प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सम्बिन्धत सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।

विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन,चट्याङ,हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।