काठमाडौं ।बैशाख २२ गते
आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेका छन् ।अमेरिकी स्वतन्त्रता दिवस सम्ममा देशका १६ करोड युवालाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइ सक्ने राष्ट्रपति बाइडेनले बताए ।

साथै १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशारीलाई पनि खोप दिन सुरु गर्ने योजना आगाडी सारेको बाइडेनको भनाई छ ।खोप लगाउने केन्द्रहरुबारे जानकारी भएको र खोप लगाउने प्रक्रियालाई सहज बनाउनका लागि बाइडेनले वेबसाइट समेत सार्वजनिक गरेका छन् ।अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप लगाइ सकेका छन् । तर अहिले खोप लगाउने दर तीन हप्ता पहिले भन्दा आधा भएको छ ।खोपलाई लिएर शंकामा रहेका तथा खोपको विरोध गरिरहेकाहरुलाई पनि बुझाउने प्रयास भइरहेको बाइडेन प्रशासनले जनाएको छ ।