काठमाडौं ।बैशाख २२ गते
परिक्षा बोर्ड
हाल कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको छ । जसको प्रभाव शैक्षिक क्षेत्रमा सबै भन्दा बढी परेको छ । गतबर्ष जस्तो यसबर्ष पनि परिक्षा नहुने हो नि भन्ने विषयले विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । २०७७ सालको राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान उनिहरुको रहेको छ ।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १२ को परिक्षा सञ्चालन हुन तीन साता बाकी रहदा पनि कोभिड–१९ को दोस्रो लहर अझ बढ्दो देखिएकाले दुवै परिक्षा पूर्वनिर्धारित समयमै संचालन हुनेमा अन्योलता थपिएको छ । परिक्षा नै अनिश्चित भएपछि शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा मन्त्रालयले पनि सोही गृहकार्य गरिरहेको बताइएको छ।