काठमाडौं ।बैशाख २२ गते
भारतमा एकै दिन थप ३ लाख ८२ हजार ३१५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल सक्रिय संक्रमितको संख्या ३५ लाख ८७ हजार २२९ पुगेको छ।एकैदिन थप ३ हजार ७८० जनाको संक्रमणको कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म भारतमा २ करोड ६ लाख ६५ हजार १४८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ लाख २६ हजार १८८ जनाको मृत्यु भइसकेको छ।पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ४३९ जना संक्रमण मुक्त भएको मन्त्रायलले जनाएको छ।