×

TUNGOON

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लियो


काठमाडौं ।बैशाख २२ गते
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको जानकारी संसद सचिवालयलाई गराएको छ। । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार औपचारिक रुपमै अल्पमत परेको छ ।मंगलबार बसेको आफ्नो पार्टीको स्थायी कमिटी बैठकको

निर्णयअनुसार बुधबार माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाइएको छ ।माओवादी केन्द्रको समर्थनमा बहुमतको सरकार बनाएको एमालेको सरकार अब अल्पमतमा परेको हो । माओवादी केन्द्रले ओली सरकारको विकल्प खोजे पनि समर्थन फिर्ता नलिएको भन्दै आलोचना भइरहेको थियो । तर, प्रधानमन्त्री ओली स्वयंले संसदबाट विश्वासको मत लिने भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला