काठमाडौं ।बैशाख २२ गते
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाए पनि ठूलो दलको हिसाबले तत्कालै प्रधानमन्त्रीमा पुनः नियुक्त हुन पाउने चर्चा भइरहेका बेला यस्तो तर्कको खण्डन गनुृ भएको छ ।

सांसद थापाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा गठबन्धन सरकारको प्रयास भएपछि बल्ल ठूलो दलको सरकार बन्ने पालो आउने जिकिर गर्नु भएको छ। उहाँले संविधानको धारा ७६ को व्यवस्था र अस्ति सर्वोच्च अदालतले गरेको व्याख्या भनेको यो संसदबाट सरकार बन्ने सम्भावना रहेसम्म त्यो सम्भावनाको प्रयोग हुन पाउनुपर्ने बताउँदै दुई वा दुईभन्दा दलहरु मिलेर बनेको अहिलेको जुन सरकार छ, त्यसमा प्रधानमन्त्रीको विश्वासको मत गुमिसके पछाडि संसदभित्र दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउन सक्छन् कि सक्दैनन् भनेर त्यसको परीक्षण हुनुपर्ने बताउनु भएको छ । उहाँले यदि त्यो हुन नसक्ने भएपछि बल्ल ठूलो दलमा जाने बताउनु एको छ । हो ।