×

TUNGOON

भारतको पश्चिम बङ्गाल राज्यमा विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो


काठमाडौं ।बैशाख २२ गते
भारतको पश्चिम बङ्गाल राज्यमा विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । भारतको पश्चिम बङ्गाल विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ ।गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको ज्यान गएसँगै हिंसामा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी (बीजेपी) ले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको टीएमसीले जनाएको छ । बाँकी एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता भएको बताइएको छ ।दुवै पार्टीले हिंसाको आरोप एकअर्कालाई लगाएका छन् । पश्चिम बङ्गालका कयौँ ठाउँमा आगलागी र तोडफोडका घटना भइरहेका छन् ।आज मात्रै शपथ लिनुभएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ठूलो हारपछि भाजपाले साम्प्रदायिक हिंसा भड्काएको र राष्ट्रपति शासन लगाउने कोसिस गरेको आरोप लगाउनुभएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला