काठमाडौं । बैशाख २३ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै सजिलै अरुको विश्वास जित्न सकिने योग रहेको छ भने विद्या र बुद्धिको भने ह्रास हुन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बोलीको भरमा कार्य सम्पादन हुने योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनुका साथै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभकार्यको चर्चा चल्नुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सामाजिक कार्यमा सरिक हुने अवसर मिल्ने योग रहेको छ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउने तथा आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज समाजबाट मान सम्मान मिल्ने योग रहेको छ भने पारिवारिक सुख पनि मिल्ने तथा आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको दिन रोकिएको पैसा हात लाग्नुका साथै सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्ने योग रहेको छ भने पारिवारिक जमघट पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने तथा प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिनुका साथै समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको योग रहेको छ भने प्रणयसम्बन्ध र पारिवारीक सम्बन्ध सुधार हुने समय पनि छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज स्वास्थ्यमा धन खर्च हुने योग रहेको छ भने अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्ने तथा घरायसी विवाद पनि बढ्नेछ ।